
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आकस्मिक बैठक बस्न लागेको हो ।
यसअघि प्रधानमन्त्री शाहले विपद्को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
रसुवामा आज बिहान गएको बाढीपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो ।

























