
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले पुर्याएको क्षति र उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले) ले बुधबार (आज) आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ । बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र आवश्यक सहयोग जुटाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।



















