प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १९:४१
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल

काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किएका प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन् । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछिको अवस्था, राष्ट्रिय संकट, राहत तथा उद्धारबारे उनले सरकारका मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको उच्चस्तरीय बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको जनाइएको छ ।

Advertisement

छलफलका क्रममा ​प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको सचिवालयले जनाएको छ । यसैगरी, घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन पनि उनले निर्देशन दिएका छन् ।

बाढी प्रभावितहरूलाई राखिने शिविरहरूमा व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गर्न, तथा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न पनि प्रधानमन्त्री निर्देशन दिएको जनाइएको छ ।

बाढीका कारण क्षतिग्रस्त बनेका सडक, विद्युत् तथा सञ्चार संरचनाहरू यथाशीघ्र सुचारु गर्न सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्य योजनासहित लाग्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो
बेलायतका राजा चार्ल्सद्वारा नेपालमा जनधनको क्षतिप्रति दुःख व्यक्त
बाढी प्रभावितका लागि ६ घण्टामै २७ करोड ३३ लाख सहयोग
नुवाकोटबाट फर्किएपछि प्रधानमन्त्रीले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ’
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×