जय नेपाल पार्टीको १३० सदस्यीय केन्द्रीय समिति घोषणा

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार ११:४४

काठमाडौं । जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। हालै गठन भएको पार्टीको केन्द्रीय समितिमा १२८ जना केन्द्रीय सदस्य र दुई जना आमन्त्रित केन्द्रीय सदस्य छन्। पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय सदस्यहरूको मर्यादाक्रम भने पछि तय गरिनेछ।

पार्टीले दिल विकाश राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय सम्मानित सल्लाहकार समिति पनि गठन गरेको छ।केन्द्रीय कार्यसमितिमा सभापति राणासहित मुकुन्दश्याम गिरी, दिल विकाश राजभण्डारी, नारायणप्रसाद कोइराला, कर्णबहादुर शाही, केशवराज श्रेष्ठ, नवराज सिंखडा, सगुन सुन्दर लावती, धनसुर शाही, सुरेश आचार्य, प्रज्जवल बोहरा, चिराग मान सिंह कुवर, शशांक शम्सेर थापालगायत छन्।

Advertisement

त्यस्तै रञ्जन कार्की, फणीराज लोहनी, प्रकाश जंग कार्की, उदयराज पोखरेल, रामराज कोइराला, कालिबहादुर शाही, लालगोपाल अर्याल, खड्गबहादुर घिमिरे, शशीकुमार सिल्वाल, किरण ढुंगेल, प्रभात योगी, निराजन बम, केदारबहादुर धमला, जनकबहादुर सिंह, दमन बस्नेत, प्रेम देशार, विकास कपाली, यादव राज पाण्डेय, ठमान सिंह तामाङ, पशुपति कठायत, होमनाथ गौतम, जयप्रकाश बगाले, इश्वरीप्रसाद भट्टराई, मनसुर सुनार र राम नरेश यादव पनि केन्द्रीय सदस्य छन्।

महिला सदस्यतर्फ पवित्रा सुब्बा श्रेष्ठ, मिना शाही, राधाकुमारी शाही शाह, उमा श्रेष्ठ, लक्ष्मीकुमारी हमाल, राधिका जोशी, समृद्धी राणा, सुमिरा कार्की, अन्जना शाह रावल, वविना मोक्तान लावती, अन्जु कुमारी थपलिया, रेश्मा राणालगायतलाई केन्द्रीय सदस्य बनाइएको छ।

पार्टीको केन्द्रीय समितिमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू समेटिएको जनाइएको छ। समितिमा बाँके, काठमाडौं, सुर्खेत, पाल्पा, पाँचथर, कालिकोट, ललितपुर, रुपन्देही, नुवाकोट, स्याङ्जा, गोरखा, हुम्ला, सुनसरी, रामेछाप, दाङ, धनुषा, जुम्ला, वैतडी, झापा, दोलखा, मोरङ, अछाम, कञ्चनपुर, उदयपुर, पर्वत, बागलुङ, बर्दिया, मकवानपुर, सिराहा, नुवाकोट, इलाम, दैलेख, बारा, पर्सा, कास्की, रोल्पा, मुस्ताङ, म्याग्दी, रौतहट, महोत्तरी, सल्यान, ताप्लेजुङ, कैलाली, सिन्धुपाल्चोक र नवलपरासी पश्चिमलगायत जिल्लाका प्रतिनिधि छन्।

सिवाङ्गीनी राणा र अन्जली गिरीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ। यसैगरी दिल विकाश राजभण्डारीको संयोजकत्वमा गठित आठ सदस्यीय सम्मानित सल्लाहकार समितिमा प्रजापति कोइराला, मिरा राणा, डम्बर कार्की, क्या. जसबहादुर खेवाङ, लक्ष्मी माखिम, लक्ष्मी श्रेष्ठ र जगत जंग लावती सदस्य छन्।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितका लागि सन्दीप लामिछानेले एक महिनाको तलब दिने
बाढी प्रभावितका लागि सन्दीप लामिछानेले एक महिनाको तलब दिने
त्रिशूली–३ को सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ९३ जनाको विशेषज्ञ टोली परिचालित
त्रिशूली–३ को सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ९३ जनाको विशेषज्ञ टोली परिचालित
जय नेपाल पार्टीको १३० सदस्यीय केन्द्रीय समिति घोषणा
राहत कोषमा रकम जम्मा गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने पक्राउ
विराटनगरबाट ‘सेतो धरती’ टिमद्वारा बाढीपीडितका लागि १ लाख १ हजार
घट्यो सुनको मूल्य  
सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घट्यो
ड्रोन आक्रमणपछि विस्फोट, ३७ जनाको मृत्यु
‘प्रे फर नेपाल’ लेख्दै भारतीय प्रख्यात कलाकार पटनायकले जनाए ऐक्यबद्धता
बाढीपछि चीनतर्फ १०४ नेपालीसहित २६१ विदेशी बेपत्ता
विपद् व्यवस्थापनमा भारतको साथ: सुरुङ विशेषज्ञदेखि बेलिब्रिजसम्म
विपद् व्यवस्थापनमा भारतको साथ: सुरुङ विशेषज्ञदेखि बेलिब्रिजसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×