दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार २०:४६
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा

विराटनगर । १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा परोपकार अभियान समूह विराटनगरले परोपकार पुस्तकालयका संस्थापक प्राज्ञ दधिराज सुवेदीको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ । आज (सोमबार) आयोजित कार्यक्रममा ‘आजको सन्दर्भमा पुस्तकालयको आवश्यकता’ तथा दधिराज सुवेदीको बहुआयामिक व्यक्तित्व र योगदानबारे विभिन्न वक्ताले चर्चा गरेका थिए ।

पुस्तकालयको महत्त्वबारे प्रा. डा. भेषप्रसाद धमलाले धारणा राखेका थिए भने दधिराज सुवेदीको कृतित्वमाथि प्राज्ञ विवश पोखरेल र व्यक्तित्वमाथि प्राध्यापक कविराज न्यौपानेले चर्चा गरेका थिए ।

Advertisement

कार्यक्रममा संस्थाकी सह–कोषाध्यक्ष तथा पुस्तकालय संयोजक इन्दु सुवेदीले परोपकार पुस्तकालय स्थापनादेखि हालसम्मको अवस्थाबारे जानकारी दिँदै सहभागीलाई स्वागत गरेकी थिइन् । संस्थाका सचिव कुलप्रसाद पौडेलले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए भने उपाध्यक्ष किशोर भट्टराईले परोपकार अभियान समूहको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी सभासद् शिला दीक्षित कार्कीले परोपकार अभियान समूह विराटनगरले समाजमा विशिष्ट योगदान पुर्‍याउँदै आएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बलराम पोखरेलले परोपकार अभियान समूहका गतिविधि र परोपकार पुस्तकालयका संस्थापक दधिराज सुवेदीको योगदानको समाजले मूल्याङ्कन गर्दै आएको बताए । विभिन्न समुदायका मानिसलाई जोड्ने काममा संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । संस्थाका अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष न्यौपानेले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा मुलुकमा हालै घटेको विपत्तिमा परी ज्यान गुमाएका सबैको स्मरण गर्दै सामूहिक श्रद्धाञ्जली अर्पण गरिएको संस्थाका उपाध्यक्ष सोमराज कोइरालाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
रसुवा बाढीमा मृतकको संख्या ९३९ पुग्यो
ताप्लेजुङ गोल्डकपः विभागीय टोली पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
ताप्लेजुङ गोल्डकपः पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×