कांग्रेसलाई एकढिक्का बनाउन डा. शेखर नेताहरूसँग छलफलमा  

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १७:२८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन र संगठनलाई एकढिक्का बनाउन सक्रियता बढाउँदै छलफल थालेका छन् ।

डा. कोइरालाले मंगलबार (आज) विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा पार्टीका विभिन्न तहका प्रभावशाली नेताहरूसँग सामूहिक छलफल गरेका छन् । छलफलमा पार्टीको वर्तमान अवस्था, आन्तरिक समस्या र आगामी कार्यदिशाका बारेमा गम्भीर समीक्षा गरिएको बताइएको छ । भेलामा नेताहरु धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियार, बलबहादुर केसी, सुजता कोइराला, डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू लगायतको उपस्थिति थियो ।

Advertisement

त्यसैगरी छलफलमा शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रङ्गमती शाही, गणेश लामा, अम्बिका बस्नेत, डा. गोविन्दराज पोख्रेल, विष्णु सापकोटा र रञ्जित कर्ण लगायतका नेताहरू सहभागी भएका थिए । सहभागी नेताहरूले पार्टीलाई विधानसम्मत चलाउनुपर्ने र भ्रातृ संस्थाहरूको विवाद छिटो टुङ्ग्याएर संगठनलाई गतिशील बनाउनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समय डा. कोइराला पार्टी एकताका लागि शीर्ष नेताहरूसँग निरन्तर संवादमा छन् । यसअघि उनले भदौ १४ गते डा.  शशांक कोइरालासँग र भदौ १५ गते पूर्वसभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रका समस्या समाधानका विषयमा छलफल गरेका थिए ।

पार्टीभित्रको बढ्दो ध्रुवीकरण र असन्तुष्टिलाई सम्बोधन गर्दै एकीकृत कांग्रेस बनाउने डा. कोइरालाको यो सक्रियतालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १६० जनाको अवस्था अज्ञात
गोसाइँकुण्ड गएका इलामका दम्पती भोटेकोशी बाढीपछि सम्पर्कविहीन
गोसाइँकुण्ड गएका इलामका दम्पती भोटेकोशी बाढीपछि सम्पर्कविहीन
बाढीले ६ हजारभन्दा बढी निजी घर बगाएको सरकारी अनुमान
संखुवासभाका अलपत्र सडकमा कोशी प्रदेश सरकारको कडाइ, ‘अब म्याद थपिन्न’
गहुँको समर्थन मूल्य तोक्न सुनसरीदेखि कञ्चनपुरसम्म अध्ययन
गहुँको समर्थन मूल्य तोक्न सुनसरीदेखि कञ्चनपुरसम्म अध्ययन
सुनसरीको अलनुर मस्जिदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग
सुनसरीको अलनुर मस्जिदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग
सानो उमेरमा ठूलो मन : आदर्श माविका विद्यार्थीले जुटाए राहत रकम
‘कृष्ण मेरो कल्पनामा’ चित्रकला प्रतियोगिता: एभरेस्ट स्कुलको वर्चस्व
‘कृष्ण मेरो कल्पनामा’ चित्रकला प्रतियोगिता: एभरेस्ट स्कुलको वर्चस्व
९३औँ पटक रक्तदान, विराटनगरमा ५१ पिन्ट रगत संकलन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×