एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १३:४४
   एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले सहजै पराजित गरेको हो ।

मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा मात्र ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर अर्जुन कुमालले अविजित ४५ रनको महत्त्वपूर्ण इनिङ खेले । त्यस्तै इशान पाण्डेले २० रन जोडे भने दीपेन्द्रसिंह ऐरी १२ रनमा अविजित रहे ।

Advertisement

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन । मलेसिया ३२.३ ओभरमा मात्र १०३ रनमा अलआउट भयो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन र अकिल वाहीदले २४ रन बनाए । विरानदीप सिंहले १४ र मुहम्मद स्याहदात राम्लीले १३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि मध्यम गतिका बलर करण केसीले घातक बलिङ गर्दै ४ विकेट लिए । त्यस्तै, ललित राजवंशीले २ विकेट झारे भने हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको नेपालले यो जितसँगै सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ । नेपालले अब आफ्नो अर्को खेल आगामी आइतबार हङकङसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी पीडितका लागि डा. मिनेन्द्र रिजालको १ लाख सहयोग
उद्धार, राहत र पुनःस्थापना प्रभावकारी बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह
बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानले दियो १ करोड ९ लाख
प्रधानसेनापति सिग्देलद्वारा विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन
   एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
मन्त्रिपरिषद् बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×