
काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ २४ गतेसम्मका लागि स्थगित भएको छ । आज (बुधबार) बसेको बैठकपछि सभामुख डीपी अर्यालले अर्को बैठक भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।
रसुवामा आएको बाढीपछि लामो समयदेखि स्थगित रहेको प्रतिनिधिसभाको बैठक मंगलबार र बुधबार सञ्चालन गरिएको थियो ।
बैठकमा सांसदहरूले रसुवा बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतको अवस्था र प्रभावित क्षेत्रमा पुनर्स्थापनाका लागि सरकारले चाल्नुपर्ने कदमबारे आवाज उठाएका थिए ।
अब प्रतिनिधिसभाको अर्को बैठक भदौ २४ गते दिउँसो १ बजे बस्नेछ ।

























