एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य 

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार ११:१३
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य 

काठमाडौं । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर मेन्स कप एक दिवसीय क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले नेपालसामु १९१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान दिए भने महम्मुद अतिफले ३० रन जोडे ।

Advertisement

साउदीलाई मध्यम स्कोरमा रोक्न नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३–३ विकेट लिए । त्यस्तै, ललित नारायण राजवंशीले २ विकेट हात पार्दै साउदीको ब्याटिङ लाइनलाई दबाबमा राखे ।

नेपाल अहिले केहीबेरमा १९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रिँदै छ। नेपाल आजको खेल जितेर एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । यसअघि खेलिएका दुवै खेलमा नेपाल विजयी भइसकेको छ । पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलमा छ।

समूह ‘ए’ मा रहेको नेपाल हाल २ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । अर्कोतर्फ, साउदी अरेबिया भने ३ खेलबाट मात्र २ अंकका साथ तालिकाको पुछारमा रहेको छ । आजको जितले नेपाललाई समूह विजेता बन्ने बाटोमा अझ बलियो बनाउनेछ ।

तपाइको प्रतिक्रिया
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
लागुऔषधसहित झापा, तेह्रथुम र मोरङबाट ४ जना पक्राउ
बाढी प्रभावितलाई सहयोग र पुनर्निर्माणमा नेपाल–कोरिया छलफल
साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा, एक खेल बाँकी छँदै अन्तिम चारमा
बाढीको १२औँ दिन घरमै भेटियो दुईवटा शव
मेसीको सम्मानमा अर्जेन्टिनाका फुटबल खेल १०औँ मिनेटमा रोकिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि पठाइयो खोप
क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिई १० लाख ठग्ने ‘ह्याकर’ पक्राउ
नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिई १० लाख ठग्ने ‘ह्याकर’ पक्राउ
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य 
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×