महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुनसक्छः रमेश लेखक

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १५:५९

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र जारी महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजनको संघारमा पुग्ने चेतावनी दिएका छन् । कञ्चनपुरको दोधारा–चाँदनीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लेखकले पार्टी एकता जोगाउन नेतृत्व गम्भीर हुनुपर्ने बताएका हुन्।

नेता लेखकले विशेष महाधिवेशनमार्फत १४ औँ महाधिवेशनको कार्यसमितिलाई विस्थापित गरिएका कारण पार्टीमा अहिलेको संवैधानिक र राजनीतिक समस्या सिर्जना भएको दाबी गरे । उनले समस्या समाधानका लागि विशेष महाधिवेशन र १४ औँ महाधिवेशनबाट बनेका दुवै कार्यसमितिलाई एक ठाउँमा ल्याएर मिलाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

Advertisement

‘हामीले पार्टी सभापतिलाई हटाउन खोजेका होइनौँ, लेखकले स्पष्ट पार्दै भने, ‘हाम्रो माग त केवल १४ औँ महाधिवेशनमा रहेका तर अहिलेको विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेटिनुपर्छ भन्ने हो ।’  उनले नेतृत्वलाई अल्पमतमा पर्ने डर भए आफ्नो पक्षबाट थप सदस्यहरू मनोनयन गरेर बहुमत कायम राख्न सक्ने विकल्प समेत दिएको बताए ।

यसका साथै, उनले पार्टीका महत्त्वपूर्ण समितिहरू जस्तै निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा नेतृत्वले आफ्नो संयोजक र बहुमत राख्न पाउने तर त्यसमा अन्य समूहका एक–एक जना प्रतिनिधिलाई पनि अनिवार्य समावेश गर्नुपर्ने माग राखेका छन् ।

पार्टी एकताका लागि आफूहरू अधिकतम लचकता अपनाउन तयार रहेको उल्लेख गर्दै लेखकले संवाद र सहमतिको बाटो नअपनाए कांग्रेसले ठूलो क्षति बेहोर्नुपर्ने धारणा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
राप्रपाका महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा
राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने
विराटनगरको राधाकृष्ण रथयात्रा : हजारौँको भिडमा हराए बालबालिका, प्रहरीको पहलमा भेटिए अभिभावक
गगन–शेखर भेटवार्ताः पार्टी एकढिक्का बनाउने विषयमा छलफल
जोशीलाई मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री
सुनसरीमा भन्सार छलीको मल र सुर्तीजन्य पदार्थ बरामद
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
महासभामा तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव
रसुवागढी नाका अवरुद्ध भएपछि केरुङका सामान अब कोरला नाकाबाट
बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने
महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुनसक्छः रमेश लेखक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×