राप्रपाका महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १८:००

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।

पाठकले आज (आइतबार) सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै महामन्त्रीसहित पार्टीका सबै पद तथा पार्टी सदस्यसमेत नरहने घोषणा गरेका हुन् ।

Advertisement

करिब चार वर्षदेखि महामन्त्रीको जिम्मेवारीमा रहेका पाठकले पार्टीको विचारधारा र व्यवहारबीच ठूलो विरोधाभास रहेको आरोप लगाएका छन् । ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई पार्टीले मूलमन्त्र माने पनि त्यसअनुसारको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको अभाव देखिएको उनले बताएका छन् ।

पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण तिक्तता बढ्दै गएको पनि पाठकको आरोप छ । यस्तो अवस्थाले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीतर्फ आकर्षित गर्न कठिन भइरहेको उनले बताएका छन् ।

पाठकले आफू र आफूसँगै पार्टीमा जोडिएका नयाँ पुस्ताका नेताहरूले विद्यमान अवस्थामा परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखेको उल्लेख गरेका छन् । यद्यपि, राप्रपाका तल्ला तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता भने अतुलनीय र प्रेरणादायी रहेको भन्दै उनले उनीहरूप्रति सम्मान व्यक्त गरेका छन् । पाठक रवीन्द्र मिश्रसँगै राप्रपामा प्रवेश गरेका थिए। मिश्रले भने गत निर्वाचनलगत्तै पार्टी छाडेका थिए ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा पुनः झडप, थप १८ कैदीबन्दी अन्य जिल्लामा स्थानान्तरण
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
प्रमाण नष्ट गर्न खोजेको आरोपमा स्ववियु सभापति यादव पक्राउ 
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
'हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ' (सम्बोधनको पूर्णपाठ)
‘हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ’ (सम्बोधनको पूर्णपाठ)
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
भोटेकोशीले खोस्यो छोरी–नातिनी, विराटनगरबाट बाटो हेर्दै ८४ वर्षीया आमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×