‘मुटुले पर्ख भन्दै थियो’

Share this
724shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ भाद्र २७, शनिबार ११:४५
‘मुटुले पर्ख भन्दै थियो’

यो मनले तिमीसँग बिताएका पल गन्दै थियो !
ओठले जाऊ भने पनि मुटुले पर्ख भन्दै थियो !

माग्दिन अन्तिम उपहार एकपल्ट हेरिदिए पुग्छ ।
तिम्रो न्यानो अँगालोमा मायाले बेरिदिए पुग्छ ।

Advertisement

कहिले उज्यालो हुनु कहिले अँध्यारो हुनु !
दुनियाँले जेसुकै भनोस् सबैको प्यारो हुनु !

खुसी हुन एउटै कारण काफी छ धेरै हुनुपर्दैन ।
तिमीलाई सधैँभरि रमाएको हेर्न मेरै हुनुपर्दैन ।

तिमी ऋतु जसरी गयौ मैले रोक्नै सकिनँ !
हुँदाहुँदै पनि मनभरि माया पोख्नै सकिनँ !

यो मनले तिमीसँग बिताएका पल गन्दै थियो ।
ओठले जाऊ भने पनि मुटुले पर्ख भन्दै थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×