पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १६:४८
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग

काठमाडौं। प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज तथा उद्धार, पुनर्निर्माण र पुनः स्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उपनेता अर्यालले सरकार तथा अन्य सम्बन्धित पक्षले राहत, खोज तथा उद्धार र पुनर्निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताइन् । साथै, विदेशी सहयोग समेत समयमै परिचालन गर्न सरकारले प्रभावकारी पहल गर्न नसकेको टिप्पणी गरिन् ।

Advertisement

उनले राजनीतिक दल, स्थानीय तह, समुदाय तथा विभिन्न समूहलाई परिचालन गरी पुनः स्थापनाका काम अघि बढाउनु पर्ने बताइन् । भूकम्पपछिको पुनर्निर्माणको विगतको अनुभवबाट पाठ सिक्दै विपद्पछिको पुनः स्थापनामा अघि बढ्नु पर्नेमा उनले जोड दिइन् ।

त्यस्ता काममा आफ्नो दल सरकारसँग हातेमालो गर्न तयार रहेको पनि उनले स्पष्ट पारिन्। पुनर्निर्माणका लागि स्वायत्त र अधिकार सम्पन्न विशेष निकाय गठन गरी अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिएर द्रुत गतिमा काम अघि बढाउन उनले सुझाव दिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×