निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १५:४१

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ । बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आयोगले मतदातालाई आफ्नो नाम तथा विवरण रुजु गरी आवश्यक सच्याउन सक्ने व्यवस्था मिलाउन नामावली सार्वजनिक गरिएको जनाएको हो ।

आयोगका अनुसार असोज १२ गतेसम्म मतदाताले आफ्नो नाम र विवरण रुजु गरी सच्याउन अनलाइनबाटै निवेदन दिन सक्नेछन् । आयोगले प्रदेश, जिल्ला, नगरपालिका तथा गाउँपालिका, वडा र मतदान केन्द्रका आधारमा मतदाता नामावली खोज्न सकिने व्यवस्था गरेको छ ।

Advertisement

मतदाता नम्बर थाहा भएका व्यक्तिले उक्त नम्बर र जन्ममिति वा नागरिकता नम्बर राखेर पनि सोझै आफ्नो मतदाता नामावली हेर्न सक्नेछन् । आयोगले मतदातालाई आफ्नो विवरण रुजु गरी कुनै त्रुटि भए समयमै सच्याउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×