भोटेकोशी बाढीपीडितका लागि मारवाडी युवा मञ्च विराटनगरको सहयोग

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार २०:११
भोटेकोशी बाढीपीडितका लागि मारवाडी युवा मञ्च विराटनगरको सहयोग

विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि मारवाडी युवा मञ्च विराटनगरले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मञ्चले नेपाल राष्ट्रिय मारवाडी युवा संगठनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो । विपद्को कठिन परिस्थितिमा बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगको भावनासहित आर्थिक सहयोग गरिएको मञ्चले जनाएको छ ।

Advertisement

मञ्चले प्रदान गरेको सहयोगले बाढीबाट प्रभावित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ । मञ्चका अध्यक्ष मोहित लालवानीको नेतृत्वमा सहयोग रकम प्रदान गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छा, नेपाल राष्ट्रिय मारवाडी परिषद्का सहकोषाध्यक्ष फुलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, समाजसेवी बेनी गोपाल मुन्दडा, मारवाडी सेवा समितिका उपाध्यक्ष जुगलकिशोर राठी, मारवाडी महिला मञ्चकी अध्यक्ष सरिता लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य जय शर्मा, मारवाडी युवा मञ्चका पूर्वअध्यक्ष राजेश लखोटिया तथा अतिथि सदनका सचिव मनोज तापडिया लगायत मारवाडी युवा मञ्च विराटनगरका पदाधिकारीहरूको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×