१३ देशका लागि राजदूत सिफारिस

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १६:४६

काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा प्रस्तावित भएका छन् ।

Advertisement

त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शारू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ ।

ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ ।

सरकारले सिफारिस गरेका राजदूतहरूको नियुक्ति सम्बन्धित संवैधानिक प्रक्रियापछि हुनेछ ।

तपाइको प्रतिक्रिया
कार्कीको कटाक्ष– ‘लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामना’
अदालत भित्रैबाट बिचौलिया पक्राउ
मोरङमा ९६ किलो गाँजासहित पक्राउ परेकाहरू धरौटीमा छुटे, अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न
विवाद समाधान गरी एकताको महाधिवेशन गर्न माग
प्रशासनको प्रतिबन्धलाई चुनौती : विराटनगरमा खुलेआम घन्किँदै डिजे
१३ देशका लागि राजदूत सिफारिस
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने
विदेशी चलखेलका कारण मुलुक संकटमाः नेपाल
मौलिक हक कार्यान्वयनका बाँकी कानुन निर्माणलाई प्राथमिकता दिएका छौँ : मन्त्री गौतम
सरकारविरुद्ध आन्दोलनको तयारीमा छौँ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×