चिकित्सकमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ११:४७
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार

जनकपुरधाम । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार ‘बर्थिङ’का लागि अस्पताल आएकी महिलाका आफन्तले कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ का २६ वर्षीय सुधिरा मुखिया छन् । प्रहरीका अनुसार दुवै जनालाई तत्काल नियन्त्रणमा लिई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३(ग) बमोजिमको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान गरी खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×