विभिन्न जिल्लामा आकस्मिक बाढीको सम्भावना, सातवटामा उच्च जोखिम

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार ११:११
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (बिहीबार) देशका विभिन्न जिल्लामा साना नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

प्राधिकरणका अनुसार ताप्लेजुङदेखि सुदूरपश्चिमका विभिन्न जिल्लासम्म गरी ६५ जिल्लामा साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

Advertisement

मध्यम जोखिममा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्ला रहेका छन्। काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसमेत मध्यम जोखिमको सूचीमा छन्।

यसैगरी पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङलगायत सात जिल्लामा भने साना नदी तथा खोलाको बहाव बढेर आकस्मिक बाढी आउन सक्ने उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले नदी तथा खोलाको आसपास र बाढीको सम्भावित जोखिम क्षेत्रमा रहेका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×