चितवनमा सर्वाधिक वर्षा, थप स्थानमा भारी वर्षाको सम्भावना

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार ०७:१५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरिमा सबैभन्दा बढी वर्षा चितवनमा भएको छ। जिल्लाको माडी कल्यानपुर मौसम मापन केन्द्रका अनुसार यस अवधिमा २२२.४ मिलिमिटर वर्षा भएको तथ्यांकले देखाउँछ ।

मौसम पूर्वानुमान शाखाका अनुसार मधेस प्रदेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा भएको छ । यसले ती क्षेत्रमा बाढी–पहिरोको जोखिम बढाएको छ ।

Advertisement

११ असोज बिहान ६ बजे ३९ मिनेटसम्मको तथ्यांकअनुसार कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको जनाइएको छ ।

निकाय र सरोकारवालाहरूलाई सतर्क रहन र सम्भावित जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×