सतिसालेलाई तालतलैया गोल्डकपको उपाधि

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार ०९:१३
सतिसालेलाई तालतलैया गोल्डकपको उपाधि

विराटनगर । मोरङको सतिसाले फुटबल क्लबले सुनसरीको इटहरीमा भएको ‘प्रथम तालतलैया गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

तालतलैया फुटबल क्लबले इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा मोरङले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो । मोरङको जितका लागि विनोद राई, विकास परियार र साजन बर्देवाले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।
खेलेको मध्यान्तर अघि विनोद राईले गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने मध्यान्तरपछि विकास र साजनले गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए ।

Advertisement

उपाधिसँगै सतिसालेले ट्रफीसहित नगद एक लाख ११ हजार १११ प्राप्त गरेको छ भने उपविजेता उदयपुरले ५५ हजार ५५५  रुपैयाँमा चित्त बुझाउनु पर्‍यो । प्लेयर अफ द म्याच उदयपुरका निश्चल मोक्तानले दुई हजार र ट्रफी प्राप्त गरे ।

त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ सतिसालेका गोलरक्षक विपुल मगर, उत्कृष्ट डिफेन्डर सतिसालेकै सञ्जय श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर विकास परियार, उत्कृष्ट फरवार्ड विनोद राई भए ।  राइजिङ प्लेयर तालतलैया फुटबल क्लबका आरोश चौधरी र उत्कृष्ट प्रशिक्षक सतिसालेका सुरेन मगर घोषित भए । उनीहरूले जनही तीन–तीन हजार र ट्रफी प्राप्त गरे ।

त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी उदयपुरका विशाल मगरले चार हजार ५०० रुपैयाँ साथै ट्रफी प्राप्त गरे । प्रतियोगितामा नौ टोलीको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×