महाकाली नदीमा बाढी उर्लिएपछि आवागमन प्रभावित

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १६:४२

महेन्द्रनगर। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवागमन प्रभावित भएको छ। महाकाली नदीमा आज (आइतबार) गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख ७५ हजार ७०० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेज (बनवासा पुल) मा भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। मोटरसाइकललगायत साना सवारीसाधन मात्रै सञ्चालन गर्न दिएको छ। करिब १०० वर्ष पुरानो बनवासा पुल भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ।

Advertisement

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको हो। प्रवक्ता रावतका अनुसार निरन्तर वर्षासँगै महाकालीमा पानीको बहाव बढिरहेकाले सर्तकता अपनाउन तटीय क्षेत्रका नागरिकलाई अनुरोध गरिएको छ। अहिले पुलमा दुवैतर्फ ठूला सवारीसाधन सञ्चालन गर्न दिइएको छैन।

त्यसैगरी भारी वर्षा भएर जनधनको क्षति हुन सक्ने आकलनपछि विपद् पूर्व तयारी अनुरुप दुई दिनदेखि कञ्चनपुरको महेन्द्रनगर र बेलौरीबाट चल्ने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले शुक्रबारदेखिको वर्षाका कारण काठमाडौं, पोखरालगायत लामो दूरीका यात्रुवाहक बस सञ्चालन नभएको बताए।

तपाइको प्रतिक्रिया
बाढी–पहिरोमा परी चार दिनमा १५ जनाको मृत्यु
मानवअधिकार आयोगको टोलीलाई जबरासँग भेट्न नदिएको भन्दै आपत्ति
महाकाली नदीमा बाढी उर्लिएपछि आवागमन प्रभावित
स्काउटसम्बन्धी विधेयकमा सरकारले माग्यो राय-सुझाव
 
पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षाः प्रहरी
बाढीपहिरोले व्यापक क्षति : कम्तीमा ११ जनाको मृत्यु, पाँच जना बेपत्ता
अवरुद्ध नारायणगढ मुग्लिन सडक पहिरो हटाएपछि सञ्चालनमा
मानव बेचबिखनसम्बन्धी विधेयकमा सांसदहरूको व्यापक चासो, १११ संशोधन प्रस्ताव
इलामका मुकेश गुरुङ यामल म्युजिक अवार्डमा उत्कृष्ट पाँचमा
प्रहरी नियन्त्रणमा रहेका जबरा परिवारको जिम्मामा, ‘सुरक्षा थ्रेट’को कारण अझै अस्पष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×