संसद्का दुवै सदनमा विभिन्न विधेयक पेस हुँदै

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार ०६:५३

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।

Advertisement

त्यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यसूची छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पनि विभिन्न विधेयक प्रस्तुत गर्नेछिन् । उनले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।

यसैगरी, मन्त्री मेहताले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ पनि सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठकमा भने प्रधानमन्त्री शाहको तर्फबाट प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । दुवै सदनका बैठकमा सरकारले अघि बढाएका विभिन्न कानुनी प्रस्ताव तथा वार्षिक प्रतिवेदन पेस हुने भएकाले कार्यसूची मुख्यतः विधेयक र प्रतिवेदन प्रस्तुतिमा केन्द्रित रहेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×