इलाममा बोलेरो दुर्घटनाः पाँच जना घाइते

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १८:१६

इलाम । इलामको माङ्सेबुङ गाउँपालिका-२ दहगाउँस्थित आरुबोटे–दमक भित्री सडकमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार आज (सोमबार) आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घटनामा बोलेरो चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय खेमराज मगर, मिक्लाजुङ–५ की ४३ वर्षीया मनकुमारी लावती, उनकी १२ वर्षीया छोरी लामसिमी लावती, २३ महिनाका छोरा लाम्सेमा लावती र तुम्बेवा गाउँपालिका–१ का २१ वर्षीय जनक तामाङ घाइते भएका छन्।

Advertisement

घाइतेमध्ये लामसिमीको दाहिने आँखामा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ।

अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ। उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको थियो। चालक मगर सामान्य घाइते भएका छन् र उनी प्रहरी नियन्त्रणमा रहेका छन्।

दुर्घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी इभाङ र साकफाराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×