ओलीको निर्देशन : चुनावमा केन्द्रित भएर संगठन सुदृढ गर्नू

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार १७:५०

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वयन गर्दै अनुशासन र निष्ठाका साथ अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि पार्टीभित्रको सन्देह अन्त्य भएको दाबीसमेत उनले गरेका छन्। कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई मंगलबार भर्चुअल सम्बोधन गर्दै ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताए। पार्टीको नीति र अनुशासनविपरीत जाने तथा अराजकता फैलाउनेमाथि कडा कारबाही हुने चेतावनीसमेत उनले दिए।

ओलीले ‘लोकतन्त्रको पुनर्वहाली’ र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई पार्टीका मुख्य कार्यभारका रूपमा अघि सारेका छन्। निर्वाचनमा केन्द्रित भएर जनसंगठनलाई पुनर्गठन र संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए। पार्टीभित्र नेतृत्व परिवर्तनका नाममा भएका गतिविधिलाई अपराधपूर्ण भन्दै ओलीले केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा दिइएको तर अब त्यस्तो छुट नहुने बताए। प्रतिनिधि परिषद् बैठकतर्फ नलाग्ने स्पष्ट पार्दै उनले अहिलेको समय निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने उल्लेख गरे।

Advertisement

नेता–कार्यकर्तालाई एउटै लक्ष्यमा केन्द्रित भएर संगठन निर्माणमा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिँदै ओलीले देशलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंस र आतंक मच्चाउने प्रयास भइरहेको आरोप लगाए। यस्ता गतिविधि रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको आरोपसमेत ओलीले लगाए। फागुनको निर्वाचनमा पार्टीले भोग्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको उनको दाबी थियो।

अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी हुने ओलीले बताए। चुनावी तालमेल वा विषयगत कार्यगत एकता भने आवश्यकताअनुसार हुन सक्ने उनको भनाइ थियो। राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारी पूरा नहुने भन्दै ओलीले नेता–कार्यकर्तालाई कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन निर्देशन दिए। अब नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा नभई काम र श्रेष्ठताका आधारमा हुने उनले बताए।

आफूलाई परिवर्तन गर्दै शालीनता र विनम्रता अपनाउन आग्रह गर्दै ओलीले एमालेसँग देश निर्माणको स्पष्ट खाका र नीति रहेको दाबी गरे। जनतामाझ पुगेर पार्टीप्रति भरोसा जगाउन उनले नेता–कार्यकर्तालाई निर्देशन दिए। केन्द्रीय कमिटीले अघि बढाएको डिजिटल अभिलेख तथा संगठन सुदृढीकरणको काम यही महिनाभित्र सम्पन्न गर्न र नयाँ सदस्यता वितरणलाई तीव्रता दिनसमेत ओलीले निर्देशन दिएका छन्।

पार्टी केन्द्रीय कार्यालयबाट आयोजित भर्चुअल सम्बोधनमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायतका नेताहरूको उपस्थिति थियो।

तपाइको प्रतिक्रिया
नवीकरणदेखि औषधि भण्डारणसम्म कैफियत, विराटनगरका तीन फार्मेसीमा सिल
कोशी अस्पतालको विकास समितिले पायो पूर्णता
धरानमा शिक्षक नियुक्तिको आश्वासनपछि विद्यार्थीको अनशन अन्त्य
चोलेन्द्र प्रकरण : जेनजीको नाम जोड्दा विवादमा आएपछि फेरियो सरकारको बोली
 
पूर्वप्रधान न्यायाधीशको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
ओलीको निर्देशन : चुनावमा केन्द्रित भएर संगठन सुदृढ गर्नू
बोर्डको मान्यता विवादकै आधारमा विद्यार्थीलाई नक्कली प्रमाणपत्रधारी भन्न नमिल्ने सर्वोच्चको फैसला
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक नौ अंकले घट्यो
बदलिँदो जीवनशैलीले युवाको मुटु जोखिममा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×