मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार १५:२१
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशन स्थलमा बुधबार झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल टिचिङ अस्पताल ल्याइएको छ । झडपका क्रममा घाइते भएका केहीलाई अस्पताल ल्याइए पनि घाइतेको संख्या भने खुलाइएको छैन ।

Advertisement

मनोनयन दर्ताका क्रममा विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । अहिले अधिवेशनस्थलको अवस्था सामान्य रहेको  डीएसपी मिश्रले जानकारी दिए ।

प्रत्यक्षदर्शी एक क्षेत्रीय प्रतिनिधिका अनुसार प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयमा विवाद सुरु भएको थियो । माइन्यूट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको विषयमा कुरा राखेपछि थप केही व्यक्तिहरू आएर तोडफोड गरेको उनले बताए ।

प्रत्यक्षदर्शीका अनुसार सोही क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार डा. डिला संग्रौला उठेर कोठाबाहिर निस्किएकी थिइन् । घटनामा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि समेत कुटपिट भएको बताइएको छ ।

झडपका क्रममा करिब ५० देखि ६० वटा कुर्सी तोडफोड भएको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । झडपपछि अधिवेशनको निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ । निर्वाचन प्रक्रिया नै रोकिएपछि अब मनोनयन दर्ता कहिले र कसरी अघि बढाउने भन्ने विषयमा अन्योल देखिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×