
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २९४ बमोजिम प्रमुख आयुक्त कार्कीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।



















