
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले पहिलो दिन कोशी प्रदेशमा सबैभन्दा बढी वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
निर्वाचन समिति संयोजक एगराज पोखरेलले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार कोशीका ५ सय ७७ वडामा अधिवेशन सम्पन्न भएको छ । देशभर पहिलो दिन ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको समूहले जनाएको छ ।
बागमती प्रदेशमा ५ सय ६३, लुम्बिनीमा ५ सय ५०, सुदूरपश्चिममा ४ सय ५६, मधेशमा ४ सय २, गण्डकीमा ३ सय ८६ र कर्णालीमा २ सय ५७ वडामा अधिवेशन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
बाँकी वडाको अधिवेशन असोज १८ गतेसम्म जारी रहने जनाइएको छ ।




















