राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय जलवायु कूटनीतिबारे छलफल गरिँदै

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १०:५५

काठमाडौं । जलवायु न्याय र उत्थानशीलताका लागि स्थानीय अनुभव, राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय जलवायु कूटनीतिबारे छलफल गर्न ‘काठमाडौं क्लाइमेट विक २०२६’ आज (शुक्रबार) देखि सुरु हुँदैछ।

‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय : स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने नारासहित आयोजना हुने कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले गर्नेछन्।

अक्टोबर २ देखि ४ सम्म चल्ने कार्यक्रममा नीति निर्माता, सांसद, राजनीतिक दलका प्रतिनिधि, जलवायु विज्ञ तथा अभियन्ता, स्थानीय तथा आदिवासी समुदाय, युवा, अनुसन्धानकर्ता, निजी क्षेत्र, वित्तीय संस्था र नागरिक समाजका प्रतिनिधिको सहभागिता रहनेछ।

कार्यक्रममा जलवायुजन्य विपद्, जलवायु न्याय, क्षति तथा नोक्सानी, जलवायु वित्त, प्रविधि, उत्थानशील पूर्वाधार र निजी क्षेत्रको भूमिकालगायत विषयमा छलफल हुनेछ। रसुवा–भोटेकोशी क्षेत्रमा भएको पछिल्लो बाढी तथा अन्य जलवायुजन्य विपद्बाट उत्थानशीलता कसरी बढाउने भन्ने विषयमा समेत विशेष छलफल हुनेछ।

काठमाडौँ क्लाइमेट विकले स्थानीय समुदायका अनुभवलाई राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसँग जोड्ने तथा जलवायु वित्त र स्थानीय नेतृत्वमा हुने अनुकूलनका क्षेत्रमा नयाँ साझेदारी निर्माण गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमको समापनपछि अक्टोबर ५ मा सार्वजनिक फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। उद्घाटन नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×