कोशी योजना आयोगका सदस्यको शपथ

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार ११:०६

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आयोगको सदस्यमा नियुक्त तोयानाथ खतिवडा (रुपेश) र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा दुवै सदस्यले शपथ ग्रहण गरेका हुन् ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि आयोगमा पद रिक्त थियो । रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गरिएको हो ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले असोज २२ र २३ गतेका लागि निर्धारित मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ । अब सम्मेलन असोज २७ र २८ गते आयोजना हुने निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×