एनपीएलका लागि क्रिकेट मैदान स्तरोन्नति गरिँदै

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार ११:०९
फाइल तस्बिर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी आइसिसी यु–१९ महिला विश्वकप र नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा जुटेको छ। प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माण तीव्र पारिएको छ।

क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहका अनुसार एनपिएलका अघिल्ला संस्करणमा देखिएका दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्न यसपटक पार्किङ, बाइक स्ट्यान्डलगायतका व्यवस्था व्यवस्थित गरिँदैछ।

नेपालले पहिलोपटक आयोजना गर्न लागेको यु–१९ महिला विश्वकपका खेल टियु र मूलपानी मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताका लागि मैदानमा प्यारापिट, टोलीका विश्रामस्थल तथा आइसिसी, एसिसी र खेलाडीका अभिभावकका लागि भिआइपी संरचना निर्माण भइरहेको सिंहले बताए।

एनपीएलको तेस्रो संस्करण कात्तिकदेखि र यु–१९ महिला विश्वकप पुसमा आयोजना हुने तालिका छ।

सिंहले मूलपानी क्रिकेट मैदानको निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै काम छिटो पूरा गर्न आग्रह गरे। उनका अनुसार नेपालमा कम्तीमा दुईवटा ठूला अन्तरराष्ट्रियस्तरका मैदान तयार भएमा भविष्यमा विश्वकप, एसिया कप तथा अन्य ठूला प्रतियोगिता आयोजना गर्न सहज हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×