पर्वको मुखमा चर्को महँगीको मारमा उपभोक्ता

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज १७, शनिबार १०:०१

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको छ। भान्सामा प्रयोग हुने चामल, दाल, तेल, मसला, चिनी र गेडागुडीको मूल्य पछिल्ला छ महिनामा बढेको तथ्याङ्कले देखाउँछ । तर, संसद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले भने बजारमा खाद्यान्नको मूल्य १० प्रतिशतले घटेको दाबी गरेका छन् ।

गत असोज ८ गते प्रतिनिधिसभा बैठकमा सांसद कृष्णप्रसाद अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री साहले बजार अनुगमन र मूल्य नियन्त्रणका लागि सरकार गम्भीर रहेको दाबी गर्दै खाद्यान्नको मूल्य घटेको बताएका थिए ।

‘खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न हामीले खुद्रा व्यवसायी र वितरकहरूसँग छलफल गरी मूल्य १० देखि १५ प्रतिशत घटाउन निर्देशन दिएका थियौँ,’ मन्त्री साहले भनेका थिए, ‘जसको फलस्वरूप बजारमा १० प्रतिशतले मूल्य घटेको छ ।’

तर, नेपाल खुद्रा व्यापार सङ्घको वैशाख र असोजको मूल्यसूची तुलना गर्दा तस्वीर फरक देखिन्छ । सङ्घको मूल्यसूचीअनुसार अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य घट्नुको साटो बढेको छ ।

छ महिनाको अवधिमा धनियाँ पाउडरको मूल्य प्रतिकिलो ३५० रुपैयाँबाट बढेर ४७५ रुपैयाँ पुगेको छ । अर्थात् किलोमै १२५ रुपैयाँ वृद्धि भएको छ । धनियाँ गेडाको मूल्य पनि ३०० बाट बढेर ३९० रुपैयाँ पुगेको छ ।

चना दाल १५० बाट १८०, काँचो बदाम २५० बाट २९०, सेतो भटमास १४० बाट १७० र डाल्डा घिउ २६० बाट २९० रुपैयाँ पुगेको सङ्घको तथ्याङ्क छ। काँचो तोरीको तेल प्रतिलिटर ३७५ बाट ४०० रुपैयाँ र जिरा पाउडर प्रतिकिलो ७५० बाट ७७५ रुपैयाँ पुगेको छ ।

चामल, चिउरा र अन्य दालको मूल्यमा पनि वृद्धि भएको छ । स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९५ बाट १०५, लङ्ग्रेन बासमती चामल १८० बाट १९० र ताइचिन चिउरा १९० बाट २०० रुपैयाँ पुगेको छ । मासको दाल २०० बाट २२०, मुंग गेडा २०० बाट २१० र रहर दाल २२० बाट २३० रुपैयाँ पुगेको छ ।

यस्तै, भुटेको तोरीको तेल ४५० बाट ४६०, भटमासको तेल २९० बाट २९५ र सनफ्लावर तेल २९५ बाट ३०५ रुपैयाँ पुगेको छ । बेसार पाउडर, चिनी, सानो चना, राजमा, मकै पिठो र चामल पिठोको मूल्यमा समेत वृद्धि भएको सूचीमा उल्लेख छ ।

प्रतिशतका आधारमा हेर्दा पनि मूल्यवृद्धि उल्लेख्य छ । धनियाँ पाउडरको मूल्य ६ महिनामा ३५.७१ प्रतिशतले बढेको छ । धनियाँ गेडा ३०, सेतो भटमास २१.४३ र चना दाल २० प्रतिशतले महँगिएको छ । काँचो बदाम १६, सानो चना करिब १५.५४ र डाल्डा घिउ ११.५४ प्रतिशतले बढेको देखिन्छ ।

पसल, ब्रान्ड र क्षेत्रअनुसार उपभोक्ताले फरक मूल्य तिर्नुपर्ने अवस्था रहेको व्यवसायी र उपभोक्ताको गुनासो छ । त्यसैले सूचीमा देखिएको मूल्यवृद्धि भन्दा वास्तविक बजारमा उपभोक्तामाथिको भार अझ फरक हुन सक्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
बिहीबारदेखि मौसम फेरिने, वर्षा र हिमपातको सम्भावना
देशभरका २९.६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला
एनपीएलको तयारी पूरा, सोमबारदेखि खेल
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
पिजफायर सञ्चालकको मृत्यु प्रकरण : युवतीसँगको सम्बन्ध र आर्थिक हिसाबकिताबमाथि अनुसन्धान
इजरायलद्वारा वेस्ट बैंकका स्थलमार्ग बन्द गर्ने घोषणा
कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
कांग्रेसको नीति प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×