अब नयाँ विमानस्थल निर्माण गर्न पूरा गर्नुपर्छ यी ५ मापदण्ड

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १६:३०

काठमाडौं । अब राजनीतिक पहुँच, दबाब वा चुनावी आश्वासनका आधारमा नयाँ विमानस्थल निर्माणको स्वीकृति पाउन सहज हुने छैन । सरकारले विमानस्थल निर्माणका लागि पाँचवटा अनिवार्य मापदण्ड पूरा गर्नुपर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।

संघीय संसद्‌मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले विमानस्थल निर्माण तथा सञ्चालनलाई व्यवस्थित बनाउन यस्तो प्रावधान अघि सारेको हो । विधेयकको दफा १२ मा विमानस्थल निर्माणका लागि नेपाल सरकारको पूर्वस्वीकृति अनिवार्य गरिएको छ ।

सरकारको अनुमति नलिई कुनै पनि व्यक्ति वा संस्थाले विमानस्थल निर्माण तथा सञ्चालन गर्न पाउने छैनन् । सरकारले स्वीकृति दिँदा पनि प्रस्तावित विमानस्थलको औचित्य र सम्भाव्यता पाँच आधारमा परीक्षण गर्नुपर्नेछ ।

पहिलो, प्रस्तावित स्थान प्राविधिक, भौगोलिक, पर्यटकीय तथा वातावरणीय दृष्टिले उपयुक्त हुनुपर्नेछ । दोस्रो, विमानस्थल सञ्चालनको व्यावसायिक सम्भाव्यता पुष्टि हुनुपर्नेछ । तेस्रो, स्वदेशी तथा वैदेशिक लगानीको सम्भावना सुनिश्चित गर्नुपर्नेछ ।

त्यस्तै, चौथो आधारका रूपमा सामाजिक उत्तरदायित्व र पाँचौँ आधारमा सामरिक तथा रणनीतिक महत्त्वलाई समेटिएको छ । यी मापदण्ड पूरा भएपछि मात्र सरकारले विमानस्थल निर्माणको स्वीकृति दिन सक्नेछ । स्वीकृत विमानस्थलको चार किल्ला निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था पनि विधेयकमा छ ।

यसअघि पर्याप्त अध्ययनबिनै राजनीतिक प्रतिबद्धता र दबाबका आधारमा विमानस्थल घोषणा तथा शिलान्यास हुने गरेको भन्दै आलोचना हुँदै आएको छ । कतिपय विमानस्थल निर्माणमा ठूलो सरकारी लगानी भए पनि नियमित उडान र व्यावसायिक सञ्चालन हुन सकेको छैन ।

प्रस्तावित कानुनी व्यवस्थाले नयाँ विमानस्थल निर्माणअघि प्राविधिक औचित्य, आर्थिक सम्भावना र राष्ट्रिय आवश्यकताको परीक्षणलाई अनिवार्य बनाउने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जेई संक्रमणबाट २८ जनाको मृत्यु, १३१ जना संक्रमित
नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत
पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×