विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार ०७:१३

झापा । विद्यार्थी जीवनका समस्या, पारिवारिक अवस्थाको प्रभाव र सफलताका लागि आवश्यक मेहनतलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘संघर्ष’को शनिबार राजगढस्थित एभरेस्ट डिजिटल सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ ।

पितमकुमार धमलाको लेखन तथा निर्देशनमा बनेको चलचित्रले विद्यार्थीको दैनिकीसँग जोडिएका यस्ता विषय उठाएको छ । जसले उनीहरूको भविष्य र व्यक्तित्व निर्माणमा प्रत्यक्ष प्रभाव पार्छन् ।

मोबाइलको बढ्दो लत, विद्यालयमा हुने बुलिङ, शिक्षक र अभिभावकको भूमिका तथा विद्यार्थीबीच देखिने व्यवहारगत भिन्नतालाई चलचित्रले कथाको माध्यमबाट उजागर गरेको छ । एउटै कक्षामा पढ्ने विद्यार्थीको पारिवारिक पृष्ठभूमि फरक हुँदा उनीहरूको शैक्षिक अवस्था र आचरणमा पर्ने प्रभावलाई पनि कथामा जोडिएको छ ।

चलचित्रकी मुख्य पात्र गीताको संघर्षमार्फत आर्थिक अभावलाई सफलताको अवरोधका रूपमा लिन नहुने सन्देश दिइएको छ । मिहिनेत, अनुशासन र निरन्तर प्रयासले लक्ष्य हासिल गर्न सकिने भाव चलचित्रले बोकेको छ । त्यस्तै, बालबालिकालाई आवश्यकताभन्दा बढी सुविधा र स्वतन्त्रता दिँदा त्यसले उनीहरूको अध्ययन तथा व्यवहारमा नकारात्मक असर पार्न सक्ने पक्षलाई समेत कथामा समेटिएको छ ।

बाल कलाकार कृषा भण्डारी मुख्य भूमिकामा रहेको चलचित्रमा राजु खरेल, राज लावती, अनुष्का ढुंगाना, अनुभव खापुङ, रिदम ढकाल, दीपा पोखरेल र तुलसी मिश्रलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रको पटकथा तथा संवाद मञ्जिल अधिकारीले लेखेका हुन् ।

राज लावतीले नृत्य निर्देशन, सुवास लिम्बूले छायांकन तथा सम्पादन, राजु खरेलले उत्पादन व्यवस्थापन र विष्णु कार्कीले मेकअपको जिम्मेवारी निर्वाह गरेका छन् । चलचित्रका गीतमा दिनेशराज शर्मा र डा. कुमार सुवेदीका शब्द रहेका छन् ।

प्रदर्शनपछि दर्शकले विद्यार्थीमा बढ्दो मोबाइल प्रयोग र त्यसले निम्त्याएका समस्यालाई चलचित्रले प्रभावकारी रूपमा उठाएको प्रतिक्रिया दिएका थिए । मनोरञ्जनसँगै विद्यार्थी, शिक्षक र अभिभावकलाई सोच्न बाध्य पार्ने विषयवस्तु चलचित्रमा रहेको उनीहरूको भनाइ थियो ।

बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलले स्थानीय कलाकारको सहभागितामा ग्रामीण परिवेशका विषयलाई चलचित्रमा समेटिनु प्रशंसनीय भएको बताइन् । स्थानीयस्तरमै चलचित्र निर्माण हुनु र प्रतिभाले आफ्नो क्षमता देखाउने अवसर पाउनु सकारात्मक भएको उल्लेख गर्दै उनले स्थानीय विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

तपाइको प्रतिक्रिया
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×