
विराटनगर । साताको पहिलो दिन नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँले कारोबार भएको थियो ।
त्यस्तै, बजारमा आज चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

























