कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १५:५७
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन् ।

महाधिवेशनमा नेकपाका संयोजक पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल पुगेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष शरतसिंह भण्डारीलगायत नेताहरू पनि महाधिवेशनमा सहभागी भएका छन् ।

यद्यपि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने महाधिवेशनमा उपस्थित भएका छैनन् ।

महाधिवेशनको निर्धारित तालिकाअनुसार आइतबार उद्घाटन सत्र आयोजना हुँदैछ। असोज १९ र २० गते बन्द सत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ।

देशभर निरन्तर वर्षा भएपछि असोज १६ गतेका लागि तय गरिएको कांग्रेसको १५औँ महाधिवेशन केही दिन ढिला गरी आजदेखि सुरु भएको हो ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×