
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार लामो समयसम्म झरी नपर्ने जनाएको छ ।
मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि निरन्तर झरी पर्ने अवस्था देखिएको छैन ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ ।
त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
विभागका अनुसार यही मौसमी प्रणालीका कारण आगामी दिनमा देशका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि वर्षा लामो समयसम्म लगातार हुने अवस्था भने नरहेको हो ।

























