विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०६:१७
विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा तथा युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा एवं स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३५ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११ रुपैयाँ ४८ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६७ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ८० पैसा र बिक्रीदर ५०० रुपैयाँ ७५ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४०० रुपैयाँ ९९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×