सैन्य विमान दुर्घटनामा ३२ जनाको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १०:२१

एजेन्सी । नाइजेरियाको दक्षिणपश्चिमी ओन्डो राज्यमा सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार ३२ जनाको मृत्यु भएको छ ।राष्ट्रपति बोला टिनुबुले सोमबार दुर्घटनामा २५ यात्रु र सात चालक दलका सदस्यसहित ३२ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा समुदायस्थित नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो ।

नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिएको उक्त विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ । विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको थियो ।

राष्ट्रपति टिनुबुले दुर्घटनालाई सशस्त्र बल र सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरेका छन् । उनले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेकोमा वायुसेनाको प्रशंसा गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×