
काठमाडौं। नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन् ।
राठौरले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने एजेण्डासहित सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार नै मनोनयन दर्ताको कार्यक्रम छ। महाधिवेशनबाट सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ ।
कांग्रेस सभापतिका लागि गगन थापा स्वाभाविक उम्मेदवारका रूपमा देखिएका छन् भने श्यामकृष्ण खड्कीले पनि सोमबार उम्मेदवारी घोषणा गरेका थिए ।

























