
काठमाडौं। सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेलाई सचिवमा बढुवा गर्न न्याय परिषद्ले सिफारिस गरेको छ।
आज (मंगलबार) बसेको न्याय परिषद्को बैठकले नेउपानेलाई सचिवमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गर्न सिफारिस गरेको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले बढुवा तथा पदस्थापन सम्बन्धी निर्णय गरेको हो। परिषद्को सिफारिसअनुसार मन्त्रिपरिषदबाट निर्णय भएपछि नेउपानेको बढुवा तथा पदस्थापन हुनेछ।
नेउपानेलाई आयोगको सचिवमा पदस्थापन गर्न सिफारिस गरेसँगै हाल आयोगका सचिव रहेका ध्रुवकुमार चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गर्न पनि परिषद्ले सिफारिस गरेको छ।

























