कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार २०:०९
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत विराटनगरकी युवा नेतृ रक्षा यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुग्ने उद्देश्यसहित उनले उम्मेदवारी अघि सारेकी हुन् ।

१८ वर्षको उमेरदेखि कांग्रेसको राजनीतिमा सक्रिय यादवले आफ्नो राजनीतिक यात्रा १४ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीबाट सुरु गरेकी हुन् । त्यसपछि मोरङ क्षेत्र नम्बर ६ बाट प्रदेश प्रतिनिधिका रूपमा पार्टीमा भूमिका निर्वाह गरेकी उनी १५ औँ महाधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएकी छन् ।

राजनीतिसँगै यादवको शैक्षिक यात्रा पनि जारी छ । उनी विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्साशास्त्रको चौथो वर्षमा अध्ययनरत छिन् । अध्ययनसँगै सामाजिक तथा युवा क्षेत्रमा समेत सक्रिय रहेकी उनी हातीमालो परिवारमा कोषाध्यक्ष र एनवाइसीए विराटनगरमा  ‘ग्रीन डिस्कसन कोअर्डिनेटर’ को जिम्मेवारीमा रहेर काम गरिरहेकी छन् ।

यादवले आफ्नो उम्मेदवारीलाई नयाँ पुस्ताको आवाज पार्टीको नीति निर्माण र नेतृत्व तहसम्म पुर्‍याउने प्रयासका रूपमा प्रस्तुत गरेकी छन् । इतिहासबाट सिक्दै वर्तमानको जिम्मेवारी निर्वाह गर्ने र भविष्यका लागि नयाँ पुस्तालाई राजनीतिमा थप सक्रिय बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र पुस्तान्तरणको बहस चलिरहेका बेला यादवको उम्मेदवारीले मोरङको राजनीतिक वृत्तमा पनि चासो बढाएको छ । युवा पुस्तासँगको उनको सम्पर्क, चिकित्साशास्त्रको अध्ययन तथा सामाजिक गतिविधिमा सक्रियतालाई उनका समर्थकहरूले उम्मेदवारीको बलियो आधारका रूपमा प्रस्तुत गरेका छन्। उनीनिकट नेताहरू तथा समर्थकहरूले यादवलाई युवामाझ लोकप्रिय र प्रतिस्पर्धामा बलियो दाबेदारका रूपमा चित्रण गरेका छन् ।

१५ औँ महाधिवेशनमा युवा प्रतिनिधित्व बढाउने बहससँगै यादवको उम्मेदवारीलाई पनि नयाँ पुस्ताको उपस्थितिका रूपमा हेरिएको छ । यद्यपि अन्तिम परिणाम भने महाधिवेशन प्रतिनिधिको मतबाट तय हुनेछ ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×