एनपीएलअघि कीर्तिपुर मैदानमा व्यापक तयारी, दर्शक सुविधामा क्यानको जोड

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ०६:३८
फाइल तस्बिर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई नयाँ स्वरूप दिने काम तीव्र पारिएको छ । प्रतियोगिता नजिकिँदै जाँदा नेपाल क्रिकेट संघ (क्यान)ले मैदानको पूर्वाधारदेखि दर्शक व्यवस्थापनसम्मका कामलाई प्राथमिकताका साथ अघि बढाएको हो ।

क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहेकाले अहिले मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । उनका अनुसार दसैंसम्म आवश्यक सबै काम सम्पन्न गरी मैदानलाई प्रतियोगिताका लागि तयार पार्ने लक्ष्य राखिएको छ ।

एनपीएलको लोकप्रियता प्रत्येक संस्करणसँगै बढ्दै गएपछि यसपटक दर्शकको सुविधालाई विशेष प्राथमिकता दिइएको क्यानले जनाएको छ । विगतका प्रतियोगितामा देखिएका केही व्यवस्थापनका कमजोरीलाई सुधार गर्दै मैदान परिसरमा थप दर्शक अट्ने व्यवस्था मिलाउने काम भइरहेको छ ।

खड्काका अनुसार मैदानभित्र उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने गरी संरचनागत सुधार भइरहेको छ । मैदान प्रवेश गर्ने गेट र बाटो व्यवस्थापनमा पनि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर सुधारको काम अघि बढाइएको छ ।

गत संस्करणमा दर्शकले प्रवेश, आवतजावत, धुलो तथा शौचालयलगायतका विषयमा समस्या भोगेका थिए । यसपटक त्यस्ता गुनासा नआउने गरी पूर्वतयारीमा ध्यान दिइएको खड्काले बताए । टिकट काटेर मैदान पुगेका दर्शकले प्रवेश गरेदेखि खेल सकेर बाहिरिँदासम्म सहज अनुभव गर्न सकून् भन्ने उद्देश्यले व्यवस्थापन मिलाइँदैछ ।

प्रतियोगिता दसैं र तिहारको बीचमा आयोजना हुने भएकाले दर्शक सहभागितामा असर पर्न सक्ने अनुमान भए पनि क्यानले त्यसलाई ठूलो चुनौतीका रूपमा लिएको छैन । नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण बलियो रहेकाले चाडपर्वको समयले एनपीएलको माहोलमा खासै असर नपार्ने खड्काको विश्वास छ ।

एनपीएलको तेस्रो संस्करणको मिति तय गर्दा अन्तरराष्ट्रिय क्रिकेटको तालिका, विदेशी खेलाडीको उपलब्धता तथा अन्य फ्रेन्चाइज प्रतियोगिताको समयलाई समेत आधार बनाइएको क्यानले जनाएको छ । सोही आधारमा दसैं–तिहारको बीचको समय प्रतियोगिताका लागि उपयुक्त ठहरिएको हो ।

यसपटक एनपीएलका टोलीले अन्तरराष्ट्रिय क्रिकेटमा चर्चित खेलाडीलाई भित्र्याउने क्रम पनि बढाएका छन् । विदेशी खेलाडीको उपस्थितिले प्रतियोगिताको प्रतिस्पर्धा र आकर्षण दुवै बढ्ने क्यानको अपेक्षा छ ।

खड्काका अनुसार टेलिभिजनमा नियमित देखिने अन्तरराष्ट्रिय खेलाडीलाई कीर्तिपुर मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्नेछ । ‘टिभीमा हेरिरहेका खेलाडीलाई आफ्नै अगाडि खेलिरहेको हेर्न पाउनु एनपीएलको आकर्षणको महत्वपूर्ण पक्ष हो’, उनले भने । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ ।

तपाइको प्रतिक्रिया
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×