विभिन्न मुद्दाका २२ जना प्रतिवादी पक्राउ

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ११:१९
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ

विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ ।

अपराध नियन्त्रण, कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने अभियानअन्तर्गत प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मोरङबाट १७ जना, झापाबाट २ जना र धनकुटाबाट २ जनालाई मंगलबार पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूबाट ५ वर्ष ७ महिना २ दिन कैद तथा १ लाख ५७ हजार ४ सय रुपैयाँ जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कैदको फैसला भएकालाई आवश्यक प्रक्रिया पूरा गरी सजाय भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×