मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १२:२९
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सिरहा । सिरहाको गोल बजारमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोल बजार नगरपालिका–३ का ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ६ बजेतिर गोल बजार नगरपालिका–२ स्थित गुरुधाम चोकमा पूर्व–पश्चिम लोकमार्ग पार गर्ने क्रममा श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिएको थियो । कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल लाइफ लंग अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो । त्यसक्रममा सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण तथा ईसीजी गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

मृतक श्रेष्ठको शव प्रादेशिक अस्पताल लहान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×