नवीकरणीय ऊर्जाको विस्तार र ऊर्जा बचतका लागि कानुनी बाटो खोजिँदै

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १२:१०

काठमाडौं । नवीकरणीय ऊर्जाको विकास र ऊर्जा खपतमा मितव्ययिता कायम गर्ने उद्देश्यसहित सरकारले नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गराएका छन् ।

प्रस्तावित विधेयकले सौर्य, वायु, जैविक तथा जलस्रोतमा आधारित ऊर्जाको प्रवर्द्धन र विस्तारसँगै उपलब्ध ऊर्जाको प्रभावकारी उपयोगलाई जोड दिएको छ । विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आए नवीकरणीय ऊर्जाको विकास, नागरिकको ऊर्जामा पहुँच वृद्धि र वातावरण संरक्षणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

संविधानले पनि नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सुपथ र भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित उपयोग गर्ने नीतिगत व्यवस्था गरेको छ । ग्रामीण ऊर्जा नीति, २०६३ ले लघु तथा साना जलविद्युत् आयोजना, बायोग्यास, सुधारिएको चुलो, पानीघट्ट र सौर्य ऊर्जा प्रणालीको विकासलाई प्राथमिकता दिएको थियो ।

त्यस्तै, राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ ले ऊर्जा बचत र दक्षता अभिवृद्धिका लागि कानुनी व्यवस्था आवश्यक रहेको औँल्याएको थियो । सरकारले यही नीतिगत आधारमा नयाँ विधेयक अघि बढाएको जनाएको छ ।

जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट हरितगृह ग्यास उत्सर्जन बढ्दै जाँदा जलवायु परिवर्तनको असर पनि गहिरिँदै गएको छ । यस्तो अवस्थामा स्वच्छ ऊर्जाको प्रयोग बढाउने र ऊर्जा खपतलाई प्रभावकारी बनाउने लक्ष्य विधेयकले लिएको छ ।

विधेयकले कानुनी रूप लिएमा नवीकरणीय ऊर्जाको प्रवर्धनसँगै ऊर्जा संरक्षण र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने सरकारको विश्वास छ ।

तपाइको प्रतिक्रिया
ग्यास बुलेट पल्टिँदा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउन कठिनाइ
रसुवा बाढीका बेपत्तालाई मृतक घोषणा गर्ने बाटो खुल्यो
एन्फाका अध्यक्ष र महासचिवलाई पक्राउ गर्न आदेश
कांग्रेस सभापतिको मतगणना तत्कालै
नेम्वाङविरुद्ध दायर भएको रिट खारेज 
एन्फाका दुई अधिकारीसँग धरौटी माग
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरे कारबाही हुने, उजुरी दिन गृह मन्त्रालयको आग्रह
पर्यटक भिसामा मोरङ आएर धार्मिक गतिविधि, दक्षिण कोरियाका २४ नागरिक प्रहरी नियन्त्रणमा (नामावलीसहित)
दलित अधिकारको कानुनमा कमजोरी नराख्न कोशीका सांसदलाई दबाब
निर्वाचनलक्षित अभियानमा नेकपा, वडा अधिवेशन पुस ११ देखि
एमालेमा पद बाँडफाँट पेचिलो, मनोनयन टुंग्याउन शनिबार फेरि बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×