रंगेलीका विद्यार्थीलाई बीमासम्बन्धी सचेतना

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १६:१९

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थी समाज रूपान्तरणका संवाहक भएकाले उनीहरूमार्फत अभिभावक हुँदै समुदायस्तरसम्म बीमासम्बन्धी चेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बीमासम्बन्धी जानकारी र सचेतना समुदायस्तरसम्म पुर्‍याउन यस्ता कार्यक्रम गर्दै आएको छ ।

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमालाई कागजी सम्झौताका रूपमा मात्र नभई जीवन र सम्पत्तिको आर्थिक सुरक्षा कवचका रूपमा बुझाउन यस्ता लक्षित कार्यक्रम प्रभावकारी हुने बताए। उनले विद्यालय तहदेखि नै बीमाबारे जानकारी दिने कार्यक्रमलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको जानकारी दिए ।

कार्यक्रममा प्राधिकरणका प्रथम सहायक मिलन पोखरेलले बीमाको महत्त्व, आवश्यकता तथा आर्थिक क्षतिबाट जोगिन बीमाले खेल्ने भूमिकाबारे विद्यार्थी र शिक्षकलाई प्रशिक्षण दिएका थिए । अन्तरक्रियामा देशको समग्र वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान, बीमाको अवधारणा, जीवन तथा निर्जीवन बीमाका प्रकार र तिनको उपयोगिताबारे जानकारी गराइएको थियो ।

कार्यक्रमपछि विद्यार्थीका लागि बीमासम्बन्धी खुला प्रश्नोत्तरसमेत सञ्चालन गरिएको थियो। त्यस क्रममा विद्यार्थीहरूले बीमाबारे आफ्ना जिज्ञासा र द्विविधा राखेका थिए । प्रदेश प्रमुख महर्जनका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीलाई व्यावहारिक वित्तीय ज्ञान दिन सके उनीहरू भविष्यमा जिम्मेवार नागरिक बन्नुका साथै परिवार र समुदायलाई समेत आर्थिक सुरक्षाका उपाय अपनाउन प्रेरित गर्न सक्छन् ।

तपाइको प्रतिक्रिया
ग्यास बुलेट पल्टिँदा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउन कठिनाइ
रसुवा बाढीका बेपत्तालाई मृतक घोषणा गर्ने बाटो खुल्यो
एन्फाका अध्यक्ष र महासचिवलाई पक्राउ गर्न आदेश
कांग्रेस सभापतिको मतगणना तत्कालै
नेम्वाङविरुद्ध दायर भएको रिट खारेज 
एन्फाका दुई अधिकारीसँग धरौटी माग
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरे कारबाही हुने, उजुरी दिन गृह मन्त्रालयको आग्रह
पर्यटक भिसामा मोरङ आएर धार्मिक गतिविधि, दक्षिण कोरियाका २४ नागरिक प्रहरी नियन्त्रणमा (नामावलीसहित)
दलित अधिकारको कानुनमा कमजोरी नराख्न कोशीका सांसदलाई दबाब
निर्वाचनलक्षित अभियानमा नेकपा, वडा अधिवेशन पुस ११ देखि
एमालेमा पद बाँडफाँट पेचिलो, मनोनयन टुंग्याउन शनिबार फेरि बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×