एमालेमा १३ नयाँ केन्द्रीय सदस्य थपिए

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १६:१८

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

एमाले सचिव महेश बस्नेतका अनुसार मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ, नवीन रोका, मीनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी छन् ।

बैठकले पार्टीका बाँकी एजेन्डाबारे भने तत्काल निर्णय गरेको छैन । ती विषयमा उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर टुंगो लगाउने निर्णय भएको सचिव बस्नेतले जानकारी दिए ।

१३ जनाको मनोनयनसँगै एमालेको केन्द्रीय कमिटीमा नयाँ सदस्य थपिएका छन् । बाँकी एजेन्डा आगामी बैठकमा छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×