तरकारीको आडमा गाँजा तस्करी : मोरङमा ५७० किलो बरामद, पिकअप छाडेर चालक फरार

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ०७:३५

विराटनगर । पिकअप गाडीमा लोड गरिएको तरकारीभित्र लुकाएर मोरङबाट भारत कटाउन लागिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । यसले तरकारी ओसारपसारको आडमा गाँजा तस्करी गरिएको प्रष्ट भएको सशस्त्रको भनाइ छ ।

जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले ५७० किलो गाँजा बरामद गरेको हो । तरकारी (स्कुस र बन्दाकोपी) बोकेको पिकअप भ्यानभित्र लुकाएर ल्याइएको अवस्थामा शनिबार राति ११ बजेतिर गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले जहदा गाउँपालिका–४ स्थित रामचोकमा शंकास्पद अवस्थामा रहेको प्र १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यानलाई रोक्न खोजेको थियो । सशस्त्र प्रहरीलाई देखेपछि चालक गाडी छाडेर फरार भएका थिए ।

त्यसपछि गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा तरकारीको बीचमा लुकाएर राखिएको १९ पोका गाँजा फेला परेको एसपी भण्डारीले बताए । बरामद गाँजा तौल लिँदा ५७० किलो भएको उनको भनाइ छ ।

भण्डारीका अनुसार बरामद गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले फरार रहेका पिकअप चालकको खोजी तीव्र पारेर घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार गाँजा कसले र कहाँबाट ल्याएको हो भन्ने यकिन छैन । यद्यपि, नेपालबाट भारत कटाउनलाई तरकारीभित्र लुकाएर गाँजा ल्याइएको प्रहरीको भनाइ छ । तरकारी र गाँजा लोड गरिएको पिकअप नेपाल–भारत सीमानजिकै पुगेपछि सशस्त्रले फेला पारेको थियो ।

तपाइको प्रतिक्रिया
कोशीको नाम फेर्न एकतिहाइले प्रस्ताव ल्याउन सक्ने, समर्थन दुईतिहाइको चाहिने
बुढीगण्डकीमा बाढीको वितण्डा : ३५ घर बगे, पुलहरू ध्वस्त
तरकारीको आडमा गाँजा तस्करी : मोरङमा ५७० किलो बरामद, पिकअप छाडेर चालक फरार
विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा ट्रक र ईभी कार ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते, वरिष्ठ सईको अवस्था गम्भीर
लिग–२ को अन्तिम शृङ्खला : नेपालले क्यानडासँग खेल्दै
बुढीगण्डकीको भीषण बाढीले सल्लेरी बजार बगायो
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम खुल्ने
ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु, अर्की महिला घाइते
घटस्थापनासँगै दसैँको उल्लास सुरु, घरघरमा जमरा राखिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×