सांसदको निलम्बन फुकुवा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १९:०१

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका मधेश प्रदेशसभा सदस्य अभिराम शर्मामाथिको निलम्बन हटाइएको छ ।

सर्वोच्च अदालतले पुनरावेदनका क्रममा साधारण तारेखमा राख्ने आदेश दिएपछि प्रदेशसभाले उनको निलम्बन फुकुवा गरेको हो । जसपा नेपालका सांसद शर्मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा आबद्ध रहँदा २०८१ वैशाख १८ गतेदेखि निलम्बनमा थिए ।

मधेश प्रदेशसभा सचिवालयले २०८३ असोज २६ गतेदेखि लागू हुने गरी उनको निलम्बन फुकुवा गरिएको सूचना जारी गरेको छ । प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाद्वारा जारी सूचनामा सर्वोच्च अदालतको आदेश र मधेश प्रदेशसभा नियमावली, २०८२ को नियम २१९ को उपनियम ५ अनुसार निलम्बन हटाइएको उल्लेख छ ।

थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगेका शर्माले पुनरावेदनको प्रक्रियामा साधारण तारेखमा बस्ने सुविधा पाएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×