जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १६:५१

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज (मंगलबार) भएको भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो । दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवद्र्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो ।

भेटका क्रममा नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
१० राजदूतको बाटो खुल्यो, सुनार अस्वीकृत
नवरात्रको पाँचौं दिन स्कन्दमाताको आराधना, शक्ति र ज्ञान प्राप्तिको कामना
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ
लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट 
लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×